मुख्य पृष्ठ | भिडियो | अडियो| फोटो ग्यालरी | हाम्रो बारेमा | सम्पर्क | अध्यक्षको मन्तब्य / संस्था परिचय / जिल्ला परिचय / कार्यकारी समिति / साधारण सदस्यहरु /


नेपालको समय
 
 
 

 


संस्था परिचय

धवलागिरी उच्च हिम शिखरको काखमा अवस्थित म्याग्दी जिल्लाबाट बैदेशिक रोजगारको खोजीमा हजारौ युवाहरु संसारको बिभिन्न मुलुकहरुमा छरिएर रहेका छन्। यसै क्रममा म्याग्दी जिल्लाबाट यस कोरियाली भूमिमा पनि सन् १९९० को शुरुवाट तिरबाटै आई कार्यरत रहेको पाईन्छ । तर तत्कालिन समयमा कार्यरत सिमित म्याग्देली युवाहरुबाट संस्थाको स्थापना गर्न सम्भब थिएन । बिल्कुल नयाँ ठाऊँ ,नयाँ परिवेश र भाषिक समस्या हरुसंगै खड्किएका बिबिध अप्ठ्याराहरु संग मुकाबिला गर्नु बाहेकका बिकल्प थिएन। भलै नजिकका चिने जानेका साथी भाईहरु संगको क्षणिक भेटघाटमा दु:ख बिसाउनु र सहयोगको आदान-प्रदान गर्न सक्नु नै उपलब्धि मानिने तत्कालिन समय पश्चात बिस्तारै कोरियाली भूमिमा बेरोजगार नेपालीहरुको आगमन संगै म्याग्देली युवाहरुको संख्यामा पनि दिनानुदिन बद्दि हुन थाल्यो । यसै क्रममा कोरियाली भूमिमा कार्यरत म्याग्देलीहरुको बढ्ढो आगमनको साथसाथै बिबिध समस्याहरु तड्कारो खड्किनुको बाबजूड केहि सक्रिय समाजसेवी म्याग्देली युवाहरुको सक्रियतामा म्याग्दी समाज समिति नामक संस्थाको स्थापना भएको थियो । सन १९९७ मा स्थापना भएको म्याग्दी समाज समिति आफ्नो स्थापनाकाल देखि अनेकन् उकाली ओह्रालीहरुलाई पार गर्दै आज यहाँसम्म आईपुग्न सफल भएको छ । खासगरि कोरियामा कार्यरत रहेका सम्पूर्ण म्याग्देलीहरुमा एकता बनाई आपसी मित्रता र दु:खको बेला एक- आपसमा सहयोगको भावना जागृत बनाउनु नै यस संस्थाको मुख्य उद्देश्यको रुपमा रहि आएको छ । साथमा बिभिन्न कार्यक्रमहरुको आयोजना तथा चन्दा संकलन आदिबाट संकलित रकमले सेवामुलक कार्यहरुमा खर्च गर्दै आएको छ । साथै संस्थाको हरेक गतिबिधिहरुलाई जानाकारीमा ल्याउन बार्षिक रुपमा म्याग्दी पोष्ट नामक मुखपत्रको प्रकाशन गर्दै आएको छ । आफ्नो जिल्लाको संस्कतिको जगेर्ना होस भन्नाको खातिर समयानुकुल दोहोरी गीत तथा बिबध सांस्कतिक कार्यक्रमहरुको आयोजना गर्नुको साथै खेलकूद बिकासको लागि जिल्ला स्तरिय भलिबल,बास्केटबल, जस्ता खेलकूदहरुको आयोजना गर्दै आईरहेको छ । कोरियाको महंगो स्वास्थ्य उपचार जस्ता बिषम परिस्थिति लाई मध्यनजर गर्दै कोरियामा कार्यरत म्याग्देलीहरु सख्त बिरामी परि शल्यक्रिया गर्नु परेमा अवस्था हेरि आवश्यक रकम उपलब्ध गराउनुका साथै दुखद् अवस्थामा स्वदेश फिर्ता हुनुपरेमा आवशयक कागजातको तयारी तथा जहाज भाँडामा बिशेष सहयोगको ब्यबस्था गर्दै आएको छ । जिल्लामा जिल्लाकै पहिलो क्याम्पस स्थापना भई दुर्गम भेगका बिधार्थीहरुको निवाशस्थानको आवश्यकतालाई मध्यनजर गर्दै बेनी बजार स्थित बेनी बहुमुखी क्याम्पसको छात्रवास भवन म्याग्दी समाज समितिको पहलबाट निर्माण भई सकेको छ । सन् १९९७ जनवरी श्री लिलामान पुन ज्यु लगाएतका संस्थापक सदस्यहरुको सक्रियतामा म्याग्दी पाखापानी निवाशी होम बहादुर पुनज्युको अध्यक्षता मा गठित प्रथम कार्य समिति पश्चात म्याग्दी कोटगाऊँ स्थाई घरभई बेनीबजार निवाशी श्री टेक बहादुर पुनज्युको अध्यक्षतामा गठित दोश्रो कार्य समिति र हाल म्याग्दी मुदी गाबिस स्थाई घर भएका श्री बिरु रोकाज्युको अधयक्षतामा गठित एक्काइस सदस्सिय तेश्रो कार्य समितिको टोलीले सक्रियताका साथ भूमिका निर्वाह गरिरहेको छ ।

 


 

 

 

Copyright © म्याग्दी समाज डट् कम. All Rights Reserved.

  यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।