
हाम्रो देशको गरीबी र बेरोजगार जस्ता बिकराल परिस्थितिहरुकै कारण हामी वेरोजगार नेपालीहरु
संसारको बिभिन्न मुलुकहरुमा पुगेर श्रम बेच्न बिबश छौ । आफ्नो मुलुकबाट टाढिएर बिरानो भूमिमा कार्यरत
रहेका हामीहरुले बिकराल समस्याहरुको समेत सामना गर्नु परिरहेको छ । बाध्यतावश प्रवासी हुनु परेको हामी
नेपालीहरु माथि आईपर्ने हरेक मस्या समाधानको विकल्प भन्नुनै हामी प्रवासी बिचको एकता हो । हरेक प्रवासी
बिचको एकताको बिकासको लागि संघ संस्थाहरुले उल्यख्य भूमिका खेलेका हुन्छन् ।
यसै क्रममा कोरियाली भूमीमा पनि प्रवासी नेपालीहरुले क्षेत्रगत,धार्मिक,सांस्कृतिक तथा जातीय
संघ संस्थाहरुको स्थापना गरेर प्रवासीहरुको हरेक समस्या समाधानमा टेवा पुरयाई रहेका छन । संघ संस्थाहरुको
स्थापना हुने क्रमसंगै यस भूमिमा कार्यरत म्याग्देलीहरुलाई संगठित बनाई एक आपसमा सहयोगको भावना जागृत
बनाउने उद्देश्यका साथ स्थापना भएको हाम्रो संस्था पनि यहाँ सम्म आउन सफल भएको छ । आगामी दिनहरुमा
यस संस्थालाई थप शशक्त र सकृय रुप दिनको लागि हरेक म्याग्देलीहरुको सहयोग, सुझाव र सदभावको
आवस्यकता जरुर छ। त्यसकारण, हरेक म्याग्दीवासीहरु फुटेर होईन जुटेर, रिस राग होईन सहयोग र सुझाव दिएर
हाम्रो पवित्र संस्थाको संस्थागत मुल्य र मान्यतालाई शिरोपर गर्न कोरियाली भूमीमा कार्यरत रहेका सम्पूर्ण
म्याग्देलीहरुमा हार्दिक अनुरोध गर्दछु ।
अन्तमा, हाम्रो संस्थाको स्थापनाकाल देखि यहाँ सम्म ल्याउन सकृय भूमिका निर्वाह गर्नुहुने
सम्पूर्ण निवर्तमान पदाधिकारी ज्यूहरुलाई हार्दिक धन्यबाद दिंदै म लगाएत हालका सम्पूर्ण सहकर्मी साथीहरुबाट
आत्मा साँछी राखेर मन,वचन र कर्मले समाजको सेवा गर्दै जाने प्रणका साथ मेरो दुई शब्द यति नै । |